विश्वकप छनोटमा नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित

तस्वीर : एन्फा

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । नेपाल र चाइनिज ताइपेईबीच नेपालमा खेल हुने तय भएको थियो ।

नेपालको दशरथ रङ्गशालामा आगामी मार्च २५ (चैत १२) मा ताइपेईसँग खेल्ने तालिका थियो । कोरोना महामारीले गर्दा हुने अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको एएफसीको तर्क छ ।


कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । समूह (बी) मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क जोडेको छ ।