गोकर्णेश्वर नगर पालिकाको ४ नम्बर वडामा प्रेशर कुकर बम भेटियो

काठमाडौं फागुन १३/गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको छ।वडा नं ४ कार्यालयको क्यान्टिन माथि बाटोमा राखिएको अवस्थामा बम भेटिएको स्थानियहरुले बताएका छन् । प्रेशर कुकर बम आज करिब ११ बजे तिर पहिलो पटक देखिएको पनि स्थानियले बताएका छन् ।   

नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर बमलाई निस्कृय पारेको थियो । घटना वारे थप अनुसन्धान भैरहेको छ।थप विवरण आउन बाँकी नै छ ।