थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

तीमध्ये सोमबार थप ३ जनाको मृत्यु भएको छ । अब देशभर २ हजार ७७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् । २ लाख ७० हजार ४७१ जना संक्रमणमुक्त भएको तथ्यांक छ । अब देशभर सक्रिय संक्रमितको संख्या ९६८ मात्र रहेको छ ।