सिड्नी । अष्ट्रेलियामा बसेर पत्रकारिता गरिरहेका संचारकर्मी टीका कार्की मृत फेला परेका छन् । नेपालको बागलुङका स्थायी बासिन्दा कार्की विगत दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा पत्रकारितामा सक्रिय थिए । उनी अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समुदायलाई सुसूचित गर्दै आएको हो ।
उनलाई नजिकका आफन्तले आफ्नै निवासमा अचेत अवस्थामा भेटाएका थिए । एक्लै बसेका उनलाई हृदयघात भएको आशङ्का छ । नेपालमा रहेका परिवारले उनको शव नेपाल पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अनुसार परिवारको इच्चा अनुसार उनको शव छिट्टै नेपाल पठाउने भएको छ ।