काठमाडौं । म्यानमारमा सैन्य शासकविरुद्धको आन्दोलनमा एकै दिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका हुन् । बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सबैको गोली लागेर ज्यान गएको छ । म्यानमारी सेनाले फेब्रुअरी १ मा शासन हत्याएको थियो ।
सेनाले सत्ता हातमा लिएर एक वर्ष संकटकाल घोषणा गरेको छ । त्यहाँको सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर मुद्दा समेत चलाउन थालिसकेको छ । प्रजातन्त्रको माग गर्दै अहिले म्यानमारका सबैजसो शहरमा प्रदर्शन भइरहेको छ ।