आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा जाने निर्णय होला ?

काठमाडौं । बुधबार कांग्रेस सभापति शेर बहादुर देउवाले आफुले प्रधानमन्त्री पद नमागेको तर आइपरे स्वीकार गर्ने बताएको थिए । यो भनाई यस्तो समयमा आएको छ, जहाँ नेकपा भित्रको प्रचण्ड नेपाल समुहले उनलाई प्रधानमन्त्रीका रुपमा खुला आह्वान गरेको छ । यसै सन्दर्भमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् ।

बिहीबार ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक डाकिएको छ । यहाँ पूर्वपदाधिकारीसमेत उपस्थित हुनेछन् । कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । त्यसअगाडी नै पदाधिकारी बैठकले आगामी संसद बैठक अगाडी कांग्रेसको पोजिसनका विषयमा स्पष्ट निर्णय लिने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरिएको छ । यो बैठकका लागि सबै दलले आआफ्नो रणनीति बनाइरहेका छन् । कांग्रेस भित्र देउवा सरकारमा जानुपर्ने पक्षमा छन् भने रामचन्द्र पौडेल समुह भने प्रतिपक्षमै बस्नुपर्ने पक्षमा छन् ।