काठमाडौं । श्रीलंकाविरुद्ध वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले एक ओभरमै ६ छक्का हिर्काएका छन् । तीन खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा उनले श्रीलकंन बलरको पिटाई गरेका छन् । पोलार्डले उत्कृष्ट ब्याटिङ गरेपछि वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले हराएको छ । आज बिहान श्रीलंकामा भएको खेलमा श्रीलंकाले ९ विकेट गुमाउँदै १३१ रन जोडेको थियो । उसका लागि पाथुन निशंकाले सर्वाधिक ३९ रन बनाए ।
बलिङमा वेस्ट इन्डिजका ओबे म्याकेएले २ विकेट लिए। १३२ रनको लक्ष्य वेस्ट इन्जिजले १३.१ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । कप्तान पोलार्डले ११ बलमा ३८ रन जोडे। उनले छैटौं ओभरमा ६ बलमै छक्का प्रहार गरेका हुन् । श्रीलंकाका अकिला धनन्जयको बलमा उनले सबै बल बाउन्ड्री कटाएका हुन् । त्यसअगाडी चौथो ओभरमा भने धनन्जय नै चम्किएका थिए ।
उनी चौथो ओभरमा ह्याट्रिक गर्न सफल भएका थिए । ओभरको दोस्रो बलमा इभिन लेविस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलास पूरनलाई आउट गरेका थिए । पोलार्ड भन्दा अगाडी टी २० को एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भारतका युवराज सिंह र दक्षिण अफ्रिकाका हर्षल गिब्सले राखेका थिए ।