प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिलान्यास दौड जारी छ । उनी सोही सिलसिलामा आज सिन्धुली जाने भएका छन् । राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली सिन्धुली जाने तय भएको उनको सचिवालयले जनाएको छ ।

मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गर्ने लक्ष्य छ । प्रधानमन्त्रीको साथमा उर्जामन्त्री टोपबहादुर रायमाझी समेत हुनेछन् । यो वर्ष आयोजनाका लागि २ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । प्रधानमन्त्रीले पछिल्लो समय पूर्वतयारी नै नसकिएका आयोजनाहरुको धमाधम शिलान्यास गरिरहेका छन् ।