अमृता के सी ( रोनी )
काठमाडौं फागुन २२/काठमाडौंको पुर्वी भेगमा रहेको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा संचालन गर्न लागेको “पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना” ले आज जग्गाधनीहरु र मोहीहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा आयोजना प्रमुख, इन्जिनियरहरु, सम्बन्धित नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुका साथै सरोकारवाला जग्गाधनी र मोहीहरु बिच आज गोकर्णेश्वरको जोरपाटी स्थित पिस पार्टी प्यालेसमा छलफल भयो।
बिकास आयोजनाले कागेश्वरी मनोहरा नपाको वडा नम्बर १,२,३,४ गोकर्णेश्वर नपाको वडा नम्बर १,२,४ र शंखरापुर नपाको वडा नम्बर ९ को करिब २६ हजार रोपनी जग्गा एकीकरण गरि नयाँ शहर बिकास गर्न लागेको हो।जस अन्तर्गत फराकिलो सडक,खुल्ला क्षेत्र,खेल क्षेत्र,बाल उध्यान,मठ मन्दिर लगायतका आवश्यक क्षेत्र सहितका आवास क्षेत्र निर्माण हुनेछ।
जग्गाको भौतिक अवस्था अनुसार क,ख,ग, र घ गरि ४ बर्गमा बिभाजन गरेर एकीकृत गर्ने आयोजनाको लक्ष्य रहेको शहरी योजनाकार इन्जिनियर सुमन पाठकले जानकारी दिए।उनी भन्छन् “सम्भाव्यता अध्ययन सकिएपछी छिट्टै आयोजनाले डिपिआर तयार गरि सम्बन्धित नगरपालिकालाइ बुझाउने छ”।
आयोजना प्रमुख इन्जिनियर दिपक श्रेष्ठ कार्यक्रमको प्रष्टीकरण गरेका थिए।श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर शहरीकरण भएपछि सम्बन्धित जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ।जस्मा जग्गाको समूह अनुसार ११ देखि ३३ प्रतिशत जग्गा सम्बधित धनीले कम पाउनेछन् ।
कार्यक्रमा बोल्दै गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसेले “जग्गा एकीकरण पछि जग्गाको स्वरुप परिवर्तन भइ हालको भन्दा ३ गुणा सम्म मुल्यांकन बढ्ने र जग्गाको भौतिक अबस्थामा समेत परिबर्तन भइ उत्कृष्ट घडेरी र व्यवस्थित शहरको रुपमा बिकास हुने बताउदै सम्बन्धित सरोकारवालाइ यस आयोजनालाई साथ दिन पनि आग्रह गरेका छन् ।
