न्युयोर्क
गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट ८ ओटा उपाधि प्राप्त गरेका नेपाली खेलाडी उज्ज्वल ठकुरीले भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलको नाममा रहेको उपाधि छिनेका छन् । उज्ज्वलले ६ केजी वजन खुट्टामा बाँधेर ४ फिट उचाईमा ३ मिनेटमा १४३ पटक किक प्रहार गरेपछि पटेलको नाममा रहेको रेकर्ड हात पारेका हुन् ।
गत महिना मात्रै खेलकुदको नयाँ बिधा ‘फांगकार्य’ निर्माण गरेका ठकुरीले भारतका अन्तर्राष्ट्रिय ते-क्वान्दो खेलाडीको कीर्तिमान भंग गरिदिएपछि थप चर्चा बढेको छ ।

यो सहित ठकुरीले भारतको ओलम्पिक खेलाडीको घुडा प्रहार र किकको दुई बलियो किर्तिमान खोसिदिएको छ। उज्ज्वल ठकुरीद्वारा सम्पन्न सम्पूर्ण ८ विश्व कीर्तिमानहरू मार्शल आर्टसँग सम्बन्धित छन् ।
ठकुरीले यस कार्यमा सहयोग गर्ने प्रवासी नेपाली एकता मञ्च, संयुक्त राज्य अमेरिकाको दोश्रो डिग्री ब्ल्याक बेल्ट प्रभु थापा, बानाका अध्यक्ष सुबोध बिलास पन्त, अन्तर्राष्ट्रिय विकास (व्यावसायिक विकास र अनुसन्धान केन्द्र अन्तर्राष्ट्रिय) निर्देशक भीम थापा, कालो बेल्टका मास्टर भूपेन्द्र गुरुङ, पारू राम थापा, गोकुल लामिछाने, दुर्गा बहादुर थापा, गणेश लामिछाने, रिचा शाह, भाग्यवती थापा, र लक्ष्मी थापा, कुलमणी आचार्य बानाका पूर्व अध्यक्ष र नेपालका शीर्ष लोक गायक प्रेम राजा महत, गुरु कृष्णबहादुर बलाल तथा परिवारका सदस्यलाई समेत धन्यबाद व्यक्त गरेका छन् ।