
अमृता के सी ( रोनी )
काठमाडौँ फागुन २४/ १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा परिवर्तनशील महिला समाजद्वारा नगर स्तरिय महिला म्याराथन सम्पन्न भएको छ।२४ गते सोमबार आयोजित नगर स्तरीय महिला म्याराथनको समापन गोकर्णेश्वर उप प्रमुख शान्ति नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कुल एक सय १ दुई जना प्रतिस्पर्धीहरुको सहभागीतामा सम्पन्न म्याराथनमा बालकुमारी घिमिरेले सबै प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भईन्।
म्याराथनमा ३० वर्ष देखि माथि उमेर समूहका महिलाहरूले भाग लिएका थिए।जोरपाटी देखि गोकर्णेश्वर महादेव मन्दिरसम्म भएको प्रतियोगितामा घिमिरेलाई पछ्याउँदै धनु बाइबा द्वितीय र सीता थापा तृतीय हुन सफल भए।
प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगदका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरियो।यसैगरी चौथो स्थान हासिल गर्ने मैयाँ नायजुले नगद हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरिन्।बाँकी सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेता तथा सहभागीहरूलाई गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाल,नगर प्रवक्ता मनोज ढुंगाना र परिवर्तनशिल समाजकी अध्यक्ष लक्ष्मी पुडासैनीले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उप प्रमुख नेपालले”महिलाको सुरक्षा ,सम्मान र रोजगार :समृद्ध नेपालको आधार “भएकोले परिआएको बेलामा हर ठाउँमा महिलाले देखाएको अग्रतालाई सम्मान व्यक्त गरिन्।