अमृता के सी ( रोनी )
काठमाडौँ/१११ औँ अन्तर्राष्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाको संयोजकत्वमा नगरपालिका प्रांगणमा मनाइएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ फागुन २४ गते सोमबार विशेष समारोह आयोजना गरिएको हो।
कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क., बागमति प्रदेश सभा सदस्य सिता लामा, संविधान सभा सदस्य शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य लिलि थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो थियो।
विश्वका अन्य देशहरुमा झैं प्रत्येक वर्ष फागुन २४ गते नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ।नेपाल पुरुष प्रधान देश भएकै कारण कतिपय ठाउँमा लैंगिक समानता, लैंगिक विभेद र हिंसा हुने भएकोले सबैलाई सचेतना साथै आफ्नो हक अधिकारको लागि अघि बढ्न प्रेरणा दिदै महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको हो।
