काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।
शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय समिति बैठकले सातै प्रदेशका इन्चार्ज तोकेको हो । वैठकले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् ।
शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।
त्यस्तै प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भट्टलाई जिम्मेवारी दिएका हुन् ।