अमृता के सी ( रोनी )
काठमाडौं,फागुन २९/लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।आगामी चैत्र १ गते आइतबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ।
लायन्स क्लब अफ काठमाडौं जर्नीले हरेक तीन महिनामा विभिन्न संस्थाहरु संगको सहकार्यमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
सोही कार्यक्रमको निरन्तरताको क्रममा पुन चैत्र १ गते नेपाल मेडिकल कलेज ट्रेड युनियन संग मिलेर नेपाल मेडीकल कलेज आत्तरखेलमा रक्तदान कार्यक्रम गर्न लागेको लायन्स क्लब अफ काठमाडौं जर्निकी अध्यक्ष लायन रोजिना बिष्टले बताइन्।
आइतबार नेपाल मेडिकल कलेज अत्तरखेलको प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म आयोजना गर्न लागिएको सो कार्यक्रममा उपस्थित भई रक्तदान गर्नको लागि लायन्स बिष्टले सबैलाई अनुरोध समेत गरेकी छिन्