एमालेको नेपाल-खनाल समुहले बोलायो कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेको खनाल, नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते कार्यकर्ता भेला गर्ने भएको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई आह्वान गरिएको छ ।

बैठकले यसअघि अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको निष्कर्ष समेत निकालेको हो । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको समूहले दाबी छ ।