यांगुन । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन जारी छ । यस क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुबै उग्र बन्द परिस्थिति हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २६ जनाको ज्यान गइसकेको छ। त्यहा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई नजरबन्द गरी कु गरेको र देशमा संकटकाल लगाएको छ ।
आइतबार मात्र देशका विभिन्न स्थानमा प्रहरीको गोली लागेर थप ३८ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ । आइतबार प्रदर्शनकारीको निसानामा चिनियाँ लगानीका उद्योग गरे परेका छन् ।
यांगुनको लाइङथाया औद्योगिक क्षेत्रमा रहेका चिनियाँ लगानीका उद्योगमा प्रदर्शनकारीले आगजनी गरिदिएका छन् । त्यसपछि प्रहरीले गोली चलाएको बताएको छ । सो क्रममा कम्तिमा २२ जना मारिएको खबर छ ।
एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाको आंकडा अनुसार देशका अन्य स्थानमा भएको प्रदर्शनका दौरान थप १६ जना प्रदर्शनकारी मारिए । आइतबार एक प्रहरीको समेत झडपमा ज्यान गएको बताइएको छ ।
म्यानमारस्थित चिनियाँ राजदूतावासले उद्योगमा आगजनीका क्रममा केही आफ्नो मुलुकका नागरिक समेत घाइते भएको पुष्टी गरेको छ । प्रहरीले सिधै गोली हान्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीको भनाई छ ।