२८ गतेको निर्णय रद्द गर्न ओलीद्वारा अस्वीकार,नेपाल पक्षको भेला पनि नरोकिने

काठमाडौं । नेकपा एमालेका दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल आ-आफ्नो अडान राख्दै सकिएको छ।

छलफलमा ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी गरेको भनिएको निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले राखेको थियो। सो भेलाबाट ओलीले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्नेदेखि विधान संशोधन गर्नेसम्मका निर्णय गरेका थिए।

तर, नेपाल पक्षको अडानमा ओली पक्ष समहत भएनन्। आ-आफ्ना अडान यथावत रहेपछि सोमबारको छलफल निष्कर्षविहीन भएको छ।