काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आसन्न बंगलादेश भ्रमण अगाडी कोरोना भाइरसको खोप लगाएकी छिन् । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित खोप केन्द्रबाट खोप लिएकी हुन् । आगामी साता बंगलादेशको औपचारिक भ्रमणमा जानु अगाडी आफुले खोप लगाएको उनले संचारकर्मीलाई प्रतिक्रिया दिइन् ।
आफु खोप वितरणमा आफ्नो उमेर समुह नै पर्खिएको भन्दै उनले बंगलादेश जानु अगाडी भने लगाएको बताएकी हुन् । उनले सबैलाई निर्धक्क भएर खोप लगाउन समेत आह्वान गरेकी छिन् । अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खोप लिएका थिए । नेपालमा अहिले दोस्रो चरणको खोप अभियान चलिरहेको छ । आइतबार साँझसम्म नेपालमा १५ लाख ५० हजारले खोप लगाइसकेका छन् ।