मेसीको अर्को कीर्तिमान, टोलीको प्रभावशाली जित

काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा जाभीसँग बराबरी गरेका छन् । उनी सोमबार राती बार्सिलोनाका लागि ७६७ औं खेलका लागि मैदानमा उत्रिए । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा मात्र ५१० खेल खेलिसकेका छन् । आफ्नो कीर्तिमान खेललाई मेसीले अविश्मरणीय समेत बनाए ।

उनको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पानीस ला लिगामा हुएस्कालाई ४-१ ले हरायो । टीम दोस्रो स्थानमा समेत उक्लेको छ । अब बार्सिलोना र शीर्ष स्थानको एट्लेटिको मड्रिडबीचको दुरी मात्र ४ रहेको छ । मेसी जारी सिजनमा सर्वाधिक गोलकर्ता समेत हुने । उनले दुई गोलका साथै एक एक असिस्ट गरे । मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।