पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा एक सैनिक जवानको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले यसको पुष्टी गरेका छन् । उनको सोमबार साँझ मृत्यु भएको हो। दुर्घटनापछि सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा ज्यान गएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए।