युरोपमा एस्ट्राजेनेकाको खोपमाथि धमाधम रोक, डब्लूएचओद्धारा नरोक्न आह्वान

काठमाडौं । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप माथि धमाधम रोक लगाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको बताएका छन् । बेलायतले सबैभन्दा प्रारम्भमा यो खोप माथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले समेत एस्ट्राजेनेकाको खोप लगाउन रोकिसकेका छन् ।

उता डब्लूएचओले भने खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको स्पष्ट पारेको छ । बिबिसीका अनुसार डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताएको थियो । युरोपमा एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाएको र त्यसमा ४० भन्दा कम मानिसमा मात्र रगत जम्ने समस्या देखिएको संगठनको भनाई छ ।

यो पनि खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओले स्पष्ट पारेको छ । यता, थाइल्याण्डले भने एस्ट्राजेनेकाकै खोपलाई निरन्तरता दिने भएको छ । थाइल्याण्ड्सका प्रधानमन्त्री प्रयुत चान ओचाले आज एस्ट्राजेनेकाकै खोप लगाउने कार्यक्रम रहेको छ । त्यहाँ शुक्रबारदेखि यो खोपको वितरण रोकिएको थियो ।