काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छिन् । भेटमा राष्ट्रपति तथा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भने दलका नेताहरु झस्किएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार राष्ट्रपतिले निर्वाचनमा जानु नराम्रो नभएको भन्दै प्रधानन्त्रीको पक्षमा अभिव्यक्ति दिएकी छिन् । उता, प्रधानमन्त्रीले भने संसदले आफुलाई काम गर्न नदिएको भन्दै पुनः विघटन र नयाँ निर्वाचनमा जानु पर्ने आषयको अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्रीको यस्तो भनाईको भने माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले प्रतिवाद गरेका थिए । बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको प्रचण्ड र रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । शेरबहादुर देउवा भने मौन बसेको नेताहरुले जनाएका छन् । जनमोर्चाका नेता चित्र बहादुर केसीले भने संसद विघटन गर्नु अगाडी नै किन यस्तो वैठक नराखेको भन्दै राष्ट्रपतिसँग प्रश्न राखेका थिए ।
प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको र ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने भनेपछि दलका नेताहरु झस्किएका हुन् । यता, सरकारले नै संसदलाई विजनेश नदिई असफल बनाउने कोसिस गरिरहेको छ । संसद चलाउन सरकारको मूख्य भूमिका हुन्छ ।