गोकर्णेश्वरमा वडा अध्यक्ष खुल्ला दौड प्रतियोगिता सम्पन्न

अमृता के सी ( रोनी )

काठमाडौँ, चैत ७/गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा प्रथम वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगिता गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सुन्ताखान युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका खेलकुद संयोजक संजय लामा,गो न पा ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,नेपाल भलिबल संघका उपाध्यक्ष एंव पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी,गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल,स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्ट,सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट, लगायत स्थानिय जन प्रतिनिधि बुद्धीजिवी समाजसेवीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकामै पहिलो पटक आफ्नै वडाबाट वडा अध्यक्ष कपको आयोजना गरेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारिले आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्दै दौडमा सहभागी सम्पूर्णलाई बधाई दिएका थिए।

कार्यक्रममा महिला र पुरुष गरि करिब ९७ जनाले सहभागि थिए। प्रथम द्वितीय र तृतीय हुने महिला पुरुष दुबै प्रतियोगीलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार नगदका साथै ट्रफी,मेडल र प्रमाणपत्र नगर प्रमुख र उप प्रमुखको हातबाट वितरण गरियो।बाँकी सहभागीहरूलाई प्रमाणपत्र आयोजकले हस्तान्तरण गरेका थिए।कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले आगामी दिनमा नगरपालिकाले खेलकुदको जगेर्ना गरि खेलाडीलाई प्रोत्साहन स्वरुप खेलको लागि चाहिने आर्थिक सहयोग देखि आवश्यक सामान बेहोर्ने प्रतिबद्धता जनाए।