काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। राससका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको छ । हात्तीले सो स्थानका तीन घर पूर्णरूपमा क्षति पुर्याएको छ । हात्तीले आक्रमण गर्न थालेपछि मानिसहरु भाग्न थालेका थिए । सोहीक्रममा भुजेललाई हात्तिले आक्रमण गरेको हो । क्षतिको थप विवरण आउने क्रममा रहेको प्रहरीको भनाई छ ।