मर्निङवाकमा नजानु, घरबाहिर नबस्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौँमा वायु प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गर्दै सचेत रहन आह्वान समेत गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न भनेको छ । मर्निङवाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम समेत नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन पनि मन्त्रालयले भनेको छ । घर बाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड १९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड समेत पालना गर्न सरकारले आग्रह गरेको छ । धुलो उड्ने ‍खालका पेशा, व्‍यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ ।