काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार दुखदः निधन भएको छ । मस्तिष्कघात भएका उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ः२४ मा निधन भएको नर्भिक अस्पतालले पुष्टी गरेको छ । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको अस्पतालले जनाएको छ । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उउनको निधन भएको अस्पतालको भनाई छ ।
उनलाई फागुन १४ मा घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको हो । उनको भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । पूर्वमन्त्री र पूर्वसांसद समेत हुन् । राजनीतिमा उनको छवि एक इमानदार नेताका रुपमा रहेको थियो ।
