लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन सम्पन्न


अमृता के सी ( रोनी )
काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर लायन सञ्जय खेतान प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको महाधिवेशनको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।उक्त कार्यक्रममा जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, एल सी आइ एफ मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन रमेश अग्रवाल,जी एस टि मल्टिपल कोर्डिनेटर एवं  पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ मल्टिपल डिस्ट्रिक  चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी,डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन लीला कुमार ढुंगेल, अपरच्युनिटी फर युथ एक्सचेन्ज  मल्टिपल डिस्ट्रिक चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तमराज कायस्थ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १का फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन  पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ पास्ट मल्टिपल काउन्सिल चियर पर्सन दिनेश पौडेल ,लायन विश्वराम गोर्खाली ,पिडिजी लायन भिम घिमिरे,क्याबिनेट सदस्यहरु सहित लायन लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चिफ एरिया कोर्डिनेटर लायन राम शरण बस्नेतले कन्भेन्सनको प्रतिज्ञा पत्र बाचन गरेका थिए । कार्यक्रममा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको विधिवत् उद्घाटन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतानले गरे संगै लायन्स स्मारिका विमोचन गरिएको थियो ।

कार्यक्रम सञ्चालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले गरेका थिए। कार्यक्रममा राष्ट्रिय गान संगै विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो । साथै विभिन्न कारणबाट निधन भएका लायन्स लिडर तथा सदस्यहरुको सम्झनामा मैन बत्ति प्रज्वलन गरिएको थियो। स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य बारे पुष्टि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२०२२ को नेतृत्व चयन गरिएको थियो। लायन वर्ष २०२१/२०२२ को लागि डिस्ट्रीक गभर्नर पदमा लायन रेवत बहादुर कार्की चयन भएका छन् । नवनिर्वाचित गभर्नरले क्याबिनेट सेक्रेटरीमा लायन धर्म शरण श्रेष्ठ र क्याबिनेट ट्रेजररमा लायन कोमल शाक्यलाइ मनोनित गरेका छन्। जस अन्तर्गत सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा कुल ४ सय मत मध्ये ४ मत बदर, २ वटा नो भोट बाहेक ३९४ मत सहित लायन नरनाथ सापकोटा निर्बिरोध सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा चयन भएका छन्।

कुल ४०३ मत मध्ये ८ वटा मत बदर ३ वटा नो भोट बाहेक  ३९२ मत ल्याई फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ चयन भएका छन्।
कार्यक्रममा आइ डि इन्डोर्सीमा डिस्ट्रिकको तर्फ बाट जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौलालाई अत्याधिक मत प्रदान गरि छनौट गरिएको थियो।