बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )
काठमाडौँ /६४ औँ सहकारी दिवसको अवसरमा चैत २० गते बुढानिलकण्ठ नगरपालिकाले बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ। जिल्ला सहकारी संघ काठमाडाैँ र नगर सहकारी समन्वय समितिको समन्वयमा बुढानिलकण्ठ सहकारी शाखाबाट बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई तथा सहकारी संस्था भेला चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेल, उप- प्रमुख रमा देवि राई , जिल्ला सहकारी संघ अध्यक्ष ज्ञान बहादुर तामाङ्, जिल्ला सहकारी संघ संस्था उपाध्यक्ष सिता ढकाल लगायत नगरपालिकाका विभिन्न शाखा प्रतिनिधिहरु, नगरभित्र सुचिकृत सबै सहकारी संघ संस्थाहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
शुक्रबार बिहान ७:०० बजेबाट सुरु भएको “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ नगर सहकारी समन्वय समितिको समन्वयमा बुढानिलकण्ठ सहकारी शाखा र नगरमा सुचिकृत सहकारी संस्थाहरुको बाक्लो उपस्थितिले बुढानिलकण्ठ मन्दिर परिसरमा बृहत सरसफाई गरी सहकारी संस्था भेला साथै चियापान समारोह आयोजना गरी सहकारी दिवस भव्य रूपमा मनाएको थियो।