काठमाडौं । कर्णाली प्रदेश नेकपा एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग गरेको छ ।
आज बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त्र गर्न आग्रह गरेको छ ।
‘सरकारलाई नेकपा एमाले संसदीय दलको चैत ५ गते बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको हुनाले कर्णाली प्रदेश नेकपा माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारले मार्गप्रशस्त गरेर यथाशक्य राजीनामा दिन आग्रह गरेको छ’, एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने ।
त्यस्तै आजको बैठकमा नेकपा एमालेका तीन जना मन्त्रीहरुले मुख्यमन्त्री शाही नेतृत्वको सरकारबाट राजीनामा दिने बताएका छन् ।