भारतमा २४ घण्टा भित्र रेकर्डब्रेक संक्रमण

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको रेकर्ड ब्रेक संक्रमण पुष्टी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मंगलबार १ लाख १५ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजतकका अनुसार यो संख्या भारतमा एक दिनमा संक्रमण पुष्टी भएको सबैभन्दा बढी आंकडा हो ।

दैनिक एक लाख भन्दा बढी संक्रमण भेटिएको समेत पछिल्लो एक वर्षयतामा मात्र यो दुई पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेसँगै फैलावट समेत तिब्र रहेको छ । मंगलबार भारतपछि ब्राजिल र अमेरिकामा धेरै मानिसमा संक्रमण भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ सय भन्दा बढी मानिसको ज्यान सोही संक्रमणका कारण भएको छ ।

यो सन् २०२१ यताकै बढी हो । भारतमा १ करोड २८ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । १ लाख ६६ हजारको मृत्यु भइसकेको बताइएको छ । भारतबाट नेपालमा निर्वाध मानिसहरु आइरहेको सन्दर्भमा कोरोनाको उच्च जोखिममा नेपाल समेत परेको छ ।