विश्वन्यूज/अमेरिका
आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले लाग्दा मृत्यु भएको हो । बलले टाउको पछाडिको गर्दनमा लागेर घाईते हुने बित्तिकै बोलाईएका प्यारा मेडिक्सले सामान्य उपचार गरी अरियालाई अस्पताल लगिएको थियो । उनको १२ घण्टापछि अस्पतालमा मृत्यु भएको थियो ।
पारिवारिक श्रोतको हवाला दिंदै बिभिन्न समाचार एजेन्सीहरुले भनेका छन् ‘अरिया आफ्नो अभिभाबकहरुले खेलेको गल्फ हेर्न रुचाउथिन्’ । घटना घटेको दिन पनि करिव २० यार्डको दुरीमा गल्फ कार्टमा बसेर आफ्नो बाबुले खेलेको गल्फ हेर्दै थिईन । गल्फ खेल्दै गरेका आफ्नो बाबुको ठ्याक्कै अगाडि र पछाडि पनि थिईनन् । तर पनि बल आएर उनको ज्यान लियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए पनि घटना भवितब्य भएको कारण हालसम्म कुनै मुद्दा बनाएको छैन ।
मृतक बालिकाको सम्झनामा अहिले “गो फन्ड् मि” मार्फत २५ हजार अमेरिकी डलर लक्ष्य राखेर रकम संकलन शुरु गरिएको छ ।