मिनसोटा\अमेरिका । अमेरिकामा एक अस्वेतः युवाको प्रहरीको गोलीबाट भएको मृत्युको विषयलाई लिएर प्रदर्शन भइरहेका छन् । यसै सन्दर्भमा मिनसोटामा भएको यो घटनामा संलग्न महिला प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । ती प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चल्ने भएको छ ।
बीबीसीका अनुसार ती प्रहरी अधिकारी किम पोटर हुन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको छ । पोटरले भने २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलेको दावि गरेकी छिन् । उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेको बीबीसीले लेखेको छ ।
त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले हत्या सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग भएको बताएका छन्। पोटर र प्रहरी प्रमुख टिम गानन्ले ब्रुकलिन सेन्टर फौज नै छाडेका छन्। यो काण्डले त्यस क्षेत्रमाप्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको थियो ।
मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ। उक्त मुद्दा अनुसार उनी दोषी ठहर भए बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।