आइपीएल : राजस्थानले दिल्लीलाई हरायो

मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराउँदै पहिलो जित निकालेको छ । बिहीबार राती सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई तीन विकेटले हराएको हो । मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन जोड्यो । जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पुरा गरेको हो । राजस्थानका लागि सबैभन्दा डेभिड मिलरले ६२ रनको योगदान गरे ।