काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको दोस्रो दिनमै उनको हत्या भएको हो । चाडको सेनाले ६८ वर्षीय डेबीको चाडको उत्तरी क्षेत्रमा मृत्यु भएको मंगलबार जानकारी गराएको छ । उनी सन् १९९०मा सत्तामा आएका थिए । छैटौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबार भएको हो ।
चुनावी परिणामपछि डेबी उत्तरी चाडमा रहेका सेनालाई भेट्न उनी गएका थिए। लिबियाबाट आएका विद्रोहीहरूसँग झडप भइरहेको ठाउँमा उनी पुगेको र त्यहाँ उनको हत्या भएको आशंका छ । यद्दपी राष्ट्रपति डेबीको मृत्युको कारणबारे सेनाले भने स्पष्ट बोलेको छैन । राष्ट्रपतिको हत्या भएपछि सैनिक परिषदले त्यहाँ सरकार चलाउने समेत अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।