पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकलाई रुसको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएको रुसी संचारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अमेरिकाले केही समय अगाडी कैयौं रुसी संस्था र कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले राष्ट्रपति निर्वाचनमा रुसीले धाँदली गर्न खोजेको आरोप लगाएको छ । आफ्नो मुलुकले सबै देशसँग सुमधुर सम्बन्ध चाहेर उदार भाव देखाएको भन्दै उनले पश्चिमा मुलुकहरुबाट रुसमाथि निसाना साध्ने काम भइरहेकोप्रति असन्तुष्टी देखाएका छन् ।

यद्दपी सम्बन्धलाई सामान्य बनाउने कोसिस भने निरन्तर जारी रहने उनको भनाई छ । यही कोसिसलाई कसैले कमजोरी ठान्छ भने रुसको प्रतिक्रिया त्यस्तै किसिमको कठोर हुने चेतावनी उनको छ । पुटिनले बेलारुसमा सत्ता उल्टाउने षडयन्त्र गरेको आरोप समेत पश्चिमा मुलुकमाथि लगाएका छन् ।