एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन्।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘डिनर मिटिङ’पछि एमाले नेता वामदेव गौतम स्थायी कमिटीमा अटाएका छन्।

स्थायी कमिटी सदस्यहरूमा ओली र पोखरेलसहित बामदेब गौतम, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुवीर महाशेठ, केशश बडाल र पुष्प राज कँडेल रहेका छन्।