नयाँ दिल्ली । अमेरिकाले भारतमा कोरोना भाइरसको खोप निर्माणमा प्रयोग हुने कच्चा पदार्थ पठाउन रोक लगाएको छ । भारतीय संचारमाध्यमरुका अनुसार पहिला अमेरिका नामक नीतिका कारण अमेरिकी सरकारले यस्तो नीति लिएको समाचार रिर्पोटहरुमा जनाइएको छ ।
अहिले संसारभर घातक कारोना भाइरसको महामारी फैलिएको छ । यसले खोपको माग र आवश्यकता झनै बढेको छ । तर, अमेरिकाले कच्चा पदार्थको आपूर्तिमा गरेको रोकले यस क्षेत्रकै खोप अभियान प्रभावित हुन सक्ने भारतीय अधिकारीको चिन्ता छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भएकाले भारतमा कोरोना खोपको कच्चा पदार्थ रोकिएको प्रतिक्रिया दिएका छन् । अमेरिकाले आफ्ना नागरिकलाई खोप अभियान पुरा गरेपछि मात्र निर्यातमा ध्यान दिने उनको भनाई छ । कोरोनाबाट अहिले अमेरिका र भारत सबैभन्दा बढी प्रभावित छन् ।