इराकमा कोरोना अस्पतालमा आगलागी, कम्तिमा २३ को मृत्यु

Photo: AP\Skynews

बगदाद । इराकको राजधानी बगदादमा एक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ । बगदादमा कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको बताइएको छ ।

इब्नअल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकाल्न सफल भएको समेत जनाइएको छ । अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो। इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमीले आगलागीको घटना दुःखद भएको बताएका छन् । उनले घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्। इराकमा कोरोनाबाट १० लाख भन्दा बढी संक्रमित भइसकेका छन् । यहाँ १५ हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।