काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट हावाबाट भने नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ कोरोनाभाइरसको सङ्क्रमणबारे बजारमा विभिन्न अफवाह फैलिरहेको समयमा मन्त्रालयले हावाका माध्यमबाट भाइरस नसर्ने स्पष्ट पारेको हो ।
बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दौरान सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छुयूँ गर्दा निस्कने थुकको माध्यमबाटै कोरोनाभाइरस सर्ने स्पष्ट पारे । नयाँ भाइरसको संक्रमण दर बढी रहेका कारण गुणात्मक रुपमा संक्रमित फैलिइरहेका छन् ।
तर, यसो हुनुमा हावाबाट सर्ने भन्ने दाविमा भने सत्यता नरहेको उनको भनाई छ । उनल कोरोना हावाबाट सरेको पुष्टि नभएको बताए । कोरोना सङ्क्रमित व्यक्तिले हाच्छुयू गर्दा, ठूलो स्वरमा बोल्दा र गीत गाउँदा मुखबाट निस्कने थुकबाट अर्को व्यक्तिमा सर्न सक्ने उनले बताए । नाक र मुखबाट निस्कने थुकमा मिसिएर बाहिर आउने भाइरस भएका कारण सचेत भएमा धेरै हदसम्म संक्रमणबाट बच्न सकिने उनको भनाई छ ।