नेपालमा एकैदिन ४९२८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जना संक्रमितको मृत्यु

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । पछिल्लो २४ घण्टामा ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२५९७ पीसीआर परीक्षणमा ४८३१ र ९६३ एन्टिजेन परीक्षणमा ९७ गरी ४९२८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये काठमाडौंमा ११२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ गरी १५६० कोरोना संक्रमित थपिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५५० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८० हजार १६१ जना पुगेको छ । ३५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २४६ पुगेको छ ।