इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

Photo : EPA\BBC

काठमाडौं । इजरायलमाहासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परि कम्तीमा ३८ जनाको मृतयु भएको छ । बीबीसीका अनुसार उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको संचारमाध्यमले लेखेका छन् ।

धेरै भिड भएकाले उद्धार कार्यमा समेत कठिनाइ भएको छ । घटनाको कारण सार्वजनिक भएको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । यो वर्ष वार्षिक रुपमा आयोजना हुन्छ । गत वर्ष रोकिएको पर्व मनाउन सरकारले यो वर्ष भने अनुमति दिएको हो । यो वर्ष अधिक भिडका कारण महामारी अझ फैलन सक्ने चिन्ता अधिकारीहरुको रहेको छ ।