साओ पाउलो\एजेन्सी । ब्राजिलले कोरोना भाइरस विरुद्ध आफै खोप उत्पादन थालेको छ । ब्राजिल महामारीबाट अति प्रभावित मुलुकमध्ये एक हो । राजधानी साओ पाउलोस्थित बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारबाट उत्पादन थालेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन थालेको उक्त राज्यका गर्भनर जोयो डोरियाले जानकारी दिएका छन् । उनका अनुसार यो खोप घरेलु कच्चा पदार्थबाटै उत्पादन गरिएको हो । संस्थाले पत्रकार सम्मेलन गरी यो खुसीको खबर बाँडेको हो । खोप उत्पादनको लगानी त्यहाँको सरकारले गरेको हो ।
उनका अनुसार आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन भइसक्ने भएको छ । सरकारी निकायले अनुमति दिइसकेको भएपनि त्यहाँको स्वास्थ्य नियामक निकायबाट भने प्रयोगको अनुमति आउन बाँकि रहेको बताइएको छ । सन् २०२१ भित्रै १० करोडदेखि १५ करोड डोज उत्पादनको लक्ष्य ब्राजिलले राखेको छ ।