लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो


अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णले दश शैयाको अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको छ । प्रहरी प्रभाग गोकर्णले प्रभाग परिसरमा नै अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको हो । कोरोना भाइरसको दोश्रो लहरमा संक्रमण वृद्धि संगै अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको साथै कारागारमा रहेका कैदी बन्दिहरु समेत संक्रमित हुनथाले पछी प्रभागले सेन्टर सञ्चालन ल्याएको हो। गोकर्णेश्वर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित संख्या दिनहु बढेकोले पनि गोकर्ण प्रहरी प्रभागमा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको हो। बुधबार लायन्स क्लबले महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ दश वटा बेड, पी पी इ, मास्क, पन्जा लगायतको सामाग्रीहरु लायन्स क्लब इन्टरनेसनलका जि.ए.टि एरिया लिडर लायन खगेन्द्र सिटौलाले महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीलाइ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, जि एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ, लायन लिडर पेमा छिरी शेर्पा ,जोन चियरपर्सन भिष्म बिक्रम रायमाझी, डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, यज्ञडोल जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल लगायतको उपस्थिति रहेको थियो ।दोस्रो लहरको कोरोना भाइरसको उच्च जोखिम बढे संगै धेरै जसो संक्रमितहरुलाई श्वासप्रश्वासमा समस्या देखिएकोले लायन्स क्लबको सहकार्यमा अक्सिजन थेरापी सेन्टर सञ्चालन गरिएको जानकारी गोकर्ण प्रहरी प्रभागले दिएको छ ।