काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा चुचुरोमा पुग्न सफल भएको छ । बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितको टीम मंगलबार बिहान ६ः४० मा सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सामाजिक संजालबाट पुष्टी गरेकी छिन् । उनका अनुसार सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो ।
मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरि यो टोली वसन्त ऋतुका लागि सगरमाथा आएको हो । कोरोना महामारीका बीचमा नेपालमा आरोहण भने जारी रहेको छ । यो वर्ष ४ सय भन्दा आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । यो अहिलेसम्मकै ठूलो संख्या हो ।