उत्तर प्रदेश । भारतको गंगा तटमा ४० भन्दा बढी वेशारिसे शव भेटिएका छन् । यी शव कहाँबाट आए भन्ने खुलेको छैन । भारतीय संचारमाध्यम हरुका अनुसार उत्तर भारतको गङ्गा नदीको किनारमा शव भेटिएका हुन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने आंशका गरेका गरेका छन् ।
बीबीसीका अनुसार भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको हो । कतिपय सञ्चारमाध्यमले एक सय शवटा फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने उल्लेख गरेका छन् । स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने अनुमान गरेका छन् ।
तिनलाई अब गाड्ने वा जलाउने तयारी भएको बताइएको छ । गङ्गा नदीको किनारमा शव जलाउने परम्परा रहेको छ । केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारले दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चका कारण समेत परिवारले शवलाई सोझै नदीमा बगाइदिएको अनुमान गरेका छन् ।
निजी अस्पतालले लुट मच्चाएको र अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य स्थानीयले बीबीसीसँग भनेका छन् । भारतमा कोभिड१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । तर, आधिकारिक विवरणमा नसमेटिएका कैयौं मानिसको ज्यान गएको अनुमान छ ।