चिनियाँ खोप भेरोसेलको दोस्रो डोज २ जेठबाट लगाइने, कहाँ हुने छ खोप केन्द्र ?

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो मात्राको भेरोसेलको खोप लगाएका व्यक्तिका लागि दोस्रो डोज २ जेठबाट वितरण गरिने भएको छ । काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि वितरण हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइने भएको छ ।

काठमाडौं महानगरपालिका भित्र ३२ वटै वडामा खोप केन्द्र रहने भएका छन् । यो खोप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई दिइएको छ । साथै प्राथमिकताका आधारमा चीनमा पढ्न जाने विद्यार्थी, चीनमा व्यापार गर्ने व्यापारीले समेत लगाएका छन् । छूटपूट भएका प्राथमिकता प्राप्त समूहका व्यक्तिले समेत चिनियाँ खोप लगाएका थिए ।