काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
उनी एक साता अगाडि अस्पताल भर्ना भएका थिए । दोलखामा इमानदार नेताको रुपमा उनको छवि रहेको छ । एमाले नेता कार्यकर्ताले उनको निधनमा शोक व्यक्त गरेका छन् । कोरोनाबाट मृत्यु हुने हाइप्रोफाइल व्यक्ती हुन् ।