कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ निधन भएको संघले जनाएको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार उनको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

उनमा ८ दिन अगाडी मात्र कोरोना पुष्टी भएको थियो । भेन्टिलेटरमा राखेर उपचार भएपनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । व्यवसायीहरुले उनको निधनमा वैदेशिक रोजगारीको क्षेत्रले अपुर्णनीय क्षति भएको बताएका छन् ।