आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

काठमाडौं । आज विश्वभरका मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदैछन् । नेपालमा समेत यो पर्व मनाइन्छ । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले ईद पर्व मनाउने गर्छन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बस्ने र सौव्वाल महिनाको पहिलो तारिखमा पर्ने ईद मनाउने प्रचलन रहेको छ ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा रहेको छ । यस दिन नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने प्रचलन रहेको छ । यो पर्वका दिन मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । यो वर्ष भने कोरोनाका कारण घरै नमाज पढ्नु पर्ने छ ।