गोकर्णमा टिपरको ठक्करबाट मोटर साईकल चालकको मृत्‍यु


अमृता के सी ( रोनी )
काठमाडौँ जेेेठ ०१ । गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा शुक्रबार साँझ टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। साँझ करिव ८:४० को समयमा गोकर्ण अस्पताल मुनीको सुन्दरिजल सडक खण्डमा टिपरले पल्सर बाइकलाई ठक्कर दिँदा मोटर साईकल चालकको घटनास्थलमा मृत्‍यु भएको हो । घटनामा संलग्न टिपर चालक फरार भएको जानकारी स्थानीयले गराए। मृतक मोटर साईकल चालकको पहिचान नखुलेको प्रहरी श्रोतले जनाएको छ । दुर्घटनामा परेको पल्सर मोटर साईकलको नम्बर बा २० प ४५३० रहेको छ ।

कसैले उक्त बाइक नम्बर चिनेमा तुरुन्तै गोकर्ण प्रहरी प्रभागमा खबर गर्न गोकर्ण प्रहरीले अनुरोध गरेको छ।